कुमारी बैंकको ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक

काठमाडाैं । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने उद्देश्यले नयाँ खाता योजना सार्वजनिक गरेको छ । बैंकले न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार, ‘गज्जबको बचत खाता’मा ७.५१ प्रतिशत ब्याज पाइनेछ भने २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत बैंकले नै नि:शुल्क उपलब्ध गराउनेछ ।

यो बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पाउनेछ । यस योजनाको बीमाप्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको बैंकले जनाएको छ ।

दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आममानवजीवनको महत्त्वपूर्ण साधनका रूपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले यी दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आबद्ध गरी आफ्ना ग्राहकहरूमाझ प्रस्तुत गरेको हो ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया