धादिङ । गाउँका सबैै मानिसको हातहातमा मोवाइल छ । तर गाउँबाहिर गएकाहरुले घरमा बसेका आफन्तसँग सम्र्पक गर्न मोबाइलमा कठिन हुने गरेको छ ।
त्यसैले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यमा धादिङ गुर्धुम गाउँपालिकाका स्थानीय छन् । उक्त गाउँ पालिकामा मोवाइल नेटवर्क छैन् ।
गाउँका डाँडाडाँडा चढेर घरबाट बजार गएका आफन्त र गाउँबाहिर बस्ने आफन्तको जानकारी लिनु पर्ने रुपा तामाङले बताइन । हामी काठमाडौंबाट नजिक छौं । तर सञ्चारबाट टाढा छौं । हामीलाई सबै खाले सेवा सुविधा सबैतिर पुगेपछि मात्रै पाउँछौं । तर अहिलेसम्म मोवाइल नेटवर्क नपाएको रुपले बताइन ।
जव डाँडातिर पुगिन्छ । अनि मात्रै मोबाइलमा म्यासेज आउन थाल्छ । घर बाहिर रहेका सबै आफन्तलाई मोवाइलमा फोन गर्नु भएको थियो भनेर सोध्नु पर्ने बाध्यता रहेको रुपा बताउँछिन् ।
हामी विकासमा निकै पछि छौं । पैसा तिररे बोल्नु पर्ने मोवाइल नेटवर्कबाट समेत बञ्चित हुनुपरेको उनको गुनासो छ । सो सम्बन्धमा नगर प्रमुख वालकृष्ण आर्चाय भने सर्भे भैसकेको हुँदा छिटो मोवाइल टावर बनाउन भनिसकेको बताउँछन् ।
घरका १५÷१६ वर्ष माथिाका सबै मानिससँग मोवाइल छ । तर नेटवर्क छैन । घर बाहिर रहेकाहरुसँग सम्पर्क गर्न सक्ने अवस्था छैन । बजार आएका वेलामा मात्र मोवाइलमा कुरा गर्न सकिने अन्य स्थानीयको भनाइ छ ।
जिल्लामा तीन वटा बस्तीमा मोवाइल नेटवर्क सेवा पुग्न बाँकी रहेको छ । त्यसमध्ये धुनीवेसी नगरपालिका वडा नं. ७ गुर्धम पनि एक हो । यहाँ टावर बनाउन माटोको परीक्षण भइसकेको छ । चालु आर्थिक वर्ष भित्र टावर निर्माणको काम सम्पन्न हुने बताइएको छ । त्यसपछि मात्रै नेपाल टेलिकमको फोरजी सेवा पाउने नेपाल टेलिकम धादिङ शाखाका प्रमुख श्याममणी अर्याल बताउँछन् ।
रुवीभ्यालीको नेवेर र हेन्दुङमा पनि यसै वर्ष टावर निर्माण पूरा हुने अपेक्षा गरिएको छ । हाल जिल्लामा ५० वटा टावरबाट प्रति टावर पाँच सय १२ जनाका दरले एक पटकमा २५ हजार ६ सय जनाले सेवालिइरहेका छन् । थप जिल्लाभर ५२ टावरबाट २६ हजार सय २४ जनाले एक पटकमा सेवा पाँउने छन् । कहिले काही मानिसको जनघनत्व बढी भएको स्थानमा आसपासका टावरले स्वचालित रुपमा एक हजार २४ जनालाई सेवा दिन सक्छ । यस्तो सेवाको गुणस्तर कम हुन जान्छ । अहिले जिल्लाका विभिन्न टावरमा टुजी, थ्रीजी र फोरजी सेवाप्रवाह भाइरहेको प्रमुखअर्यालले बताए ।
प्रतिक्रिया