रुकुम पश्चिम। यति बेला जताततै नेपालीहरूको महान् चाड तिहारको रौनकता छाएको छ । गाउँ शहरहरुमा रमाईलो देउसी, भैलो नाँचेर रमाइरहेका छन्। दोस्रो ठुलो महान चाडका रुपमा लिइने तिहारले सबैलाई खुशी बाढेको छ । झिलीमिली र खुशीको चाड पनि भनिने तिहारका अवसरमा रमझम मात्रै होईन दाजुभाई र दिदि बहिनिहरुको मिलन पनि हो ।
देशैभर खुशीको पर्व अर्थात तिहार मनाइरहेको बेला रुकुम पश्चिम र जाजरकोट यतिबेला शोकमा डुबेको छ । पहाडमा धेरै खेलिने डेउसी भैलो , नाँचगान दुबै जिल्लामा छैन्। कार्तिक १७ गते राती गएको विनाशकारी भुकम्पले ठुलो जनधनको क्षति गरेपछि अहिले रुकुम र जाजरकोट बासी पीडामा छन्। तिहार मुखमा आइसक्यो तर यहाँका मानिसलाई भुकम्पको त्रास र आफन्त गुमाउनुको पीडा अनि घरबिहिन बन्नुको दुःख मात्रै छन् । त्रीपाल मुनि बसेरै त्रास सहित तिहार मनाउनु पर्ने बाध्यता छ । एकातिर कार्तिके चिसो छ । अर्कोतिर खुला आकाश मुनि बसेर चाडबाड मनाउनुपर्ने अवस्था छ । भाग्यले बाँचेका तर पिडाले थिचेका भुकम्प पीडितलाई तिहार कागलाई बेल पाक्यो हर्ष न विष्मात ! भने जस्तै बनेको छ ।
चिसो र भुकम्पले दिएको पीडा सँग कुस्ती खेल्दै यसपालिको तिहार मनाउनु परेको सुनाउदै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ की भीमा वली भन्छिन, ‘भुकम्पले घर ढल्यो बास खेतको पाटामा छ । तिहार पनि मान्नै पर्यो । यहि खेतमा बसेर तिहार मनाउन लागेका छौँ । बाच्यौँ र पो ! खेतमा बसेर भएपनि तिहार मनाउन पायौँ । घर ढल्यो सके बनाउला नसके यसमै बसौला सबैभन्दा ठुलो ज्यान हो । ज्यान बाँचे जिउलो !’
वलीलाई त्रीपालमुनि तिहार मनाउनुको पिडा भन्दा भुकम्पबाट बाँचेको खुसी बढी छ । मनमा पिडा लुकाएपनी भिमाको आँखामा दुख प्रष्ट देखिन्छ । उनीहरूका पछिल्ला दिन कष्टकर तरिकाले व्यतीत भएका छन् । चिसो सिरेटोमा खुला आकाशमुनि पालको भरमा कार्तिके रात बिताउँनुको पिडा उनिहरुका आँखाले बोलिरहेका छन ।
भुकम्प पीडितहर हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौधौ छ । जाजरकोट र रुकुम पश्चिमका लाखौँ मानिस यतिबेला खुला आकाशमुनि रात बिताइरहेका छन् । भूकम्पले जाजरकोटको भेरी र नलगाड, रूकुम पश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिकामा ठूलो मानवीय क्षति पुर्याएको छ । तिहारमा समेत भुकम्प आउने डरले पालमुनि जिवन विताईरहेका भुकम्प पीडितहरुलाई तिहारले छोएको छैन् । झिलिमिलि बत्ति बालेर सामाजिक सञ्जाल तात्तिरहेको देख्दा भुकम्प प्रभावितहरु को मन चिसिन्छ । तिहारको रौनक चलिरहँदा पालमुनि दिपावली र तिहार मनाउँदा रातिको चिसो कसरी छल्ने भन्ने बाहेक अरु छैन्।
जाजरकोटको नलगाड नगरपालिकाका लोकेश खत्री भन्छन, ‘तिहार त फेरी अर्को वर्ष आउँला तर मान्छे नै बाँचिएन भने चाडबाड को के अर्थ भुकम्पले त बचायो अब चिसोबाट बाँच्नु छ । पालमुनिको बासस्थानमै तिहार मनाउँदा नराम्रो त लाग्ने रच तर पनि बाँचेकोमा खुशी हुनुपर्यो । जिवन रह्यो भने फेरी पनि रमाईलो भैहाल्छ । भुकम्प प्रभावितलाई चिसो बाट ज्यान जोगाउन मुस्किल छ ।’ सरकारले चाँडै पुन: निर्माण तर्फ ध्यान दियो भने, भुकम्प पिडितका लागि सबैभन्दा ठुलो तिहार त्यहि हुने उनीहरुको भनाई छ । रुकुम पश्चिममा मात्रै ७० हजार मानिस भुकम्पबाट प्रभावित बनेका छन् । भने ५३ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया