काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ । सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी लिने एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । एसईईमा समावेश हुन चाहने विद्यार्थीले आज (कात्तिक २४) देखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया