एसईई नतिजा : यसवर्ष ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, २९ साउनदेखि पूरक परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ प्रकाशित गरेको छ । नतिजाअनुसार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा बढी वाग्मती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् । कोसी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९,७४९, गण्डकी प्रदेशबाट ४७,८४९, लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी, कर्णाली प्रदेशबाट ४६ हजार ४५५ र सुदूरपश्चिम प्रदेशबाट ५९, ८०४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

१२६ परीक्षार्थीको परीक्षा रद्द

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, जीपीए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् । यस्तै, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या एकलाख ६७ हजार ५९७ छ ।

पूरक परीक्षा साउन २९ देखि

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गर्दै पूरक परीक्षा साउन २९ गते बिहीबारदेखि हुने जनाएको छ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् ।

कति विद्यार्थीले कुन जीपीए ल्याए ?

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।

६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार १७७ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८१ हजार ३८५ जना, जीपीए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जीपीए २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, जीपीए २.० देखि २.४ सम्म चार हजार १२६ जना, जीपीए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् ।

१ लाख ६७ हजार विद्यार्थी ‘नन्‌ ग्रेडेड’

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना नन ग्रेडेड छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

शुक्रबार सार्वजनिक नतिजाअनुसार २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया