एलजी ओएलईडी टिभी नयाँ बेन्चमार्क निर्माणमा सफल

काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । जुन प्रतिस्पर्धी कम्पनीको लागि एक सपनाको रुपमा मात्र रहेको उसले जिकिर गरेको छ ।
मार्केट रिसर्च फर्म ओम्डियाकाअनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगटेको थियो । परिचित ओएलईडी टिभी लिडरको रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

एलजीले ओएलईडी टिभीहरु विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध भैरहेका छन् । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यस्ता टिभीमा अहिले चलिरहेको क्रिकेट वल्र्ड कपको मज्जा लिन सहज हुने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया