काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले यो वर्षदेखि व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् । प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट, फेसबुक पेजमा क्युआर कोड स्क्यान गरी फारम बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सबै जानकारी उल्लेख गरी हाट्सएपमार्फत पठाउनु पर्नेछ । फारम र आफ्नो चित्रकला गाउँपालिका, नगरपालिकामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ सहभागी दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासकोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको उद्योगभित्र सञ्चालन हुने छ ।
अन्तिमचरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागी चुनिने छन् । यस चरणमा सहभागीले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने छ । उनीहरुले बनाएका चित्रकलाको मुल्यांकन निर्णायक समितिले गरी पुरस्कृत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया