कामना बैंकद्वारा प्रहरी कन्ट्रोल रुमको सवलीकरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरेको छ । उक्त कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवासमेत छिटो र छरितो हुन थालेको बताए ।

बैंकले स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको छ । बैंकले गत शुक्रवारदेखी विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया