ग्लोबल आइएमईका ग्राहकलाई दराजमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई दराजको ११ः११ अफरमा सोही अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकले छुट पाउनका लागि दराज एपबाट बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । यी भौचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुने पनि बैंकले जनाएको छ ।

बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको जिकिर गरेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया