जाजरकोट भूकम्प : चुनौती बन्दै चर्किएका संरचना

आठबिसकोट । जाजरकोटमा भूकम्पमा परी रुकुम पश्चिमको आठबिस्कोट नगरपालिकामा मात्रै ५ हजार १ सय १० घरमा क्षति पुगेको छ । आठबिसकोट नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण आठबिसकोटमा मात्रै कम्तिमा पनि पाँच हजार घरमा क्षति पुर्याएको हो ।

जसमध्ये करिब ४ हजार घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरु चर्किएर बस्न नमिल्ने भएका छन्। साढे नौ हजार घरधुरी रहेको आठबिसकोटमा ८० प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्। बाहिरबाट हेर्दा राम्रै देखिने तर प्राय कच्चि घरहरुका भित्री भागहरु भत्किने गरेको जनाईएको छ । आंशिक रुपमा क्षति भएका र सामान्य क्षति भएका घरहरु चर्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार २ हजार १३६ घरमा पुर्ण रुपमा क्षति भएको जनाईएको छ । जाजरकोटमा गएको भुकम्पमा परी सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका बनेको छ । सबै घरहरु चर्किएपछी अहिले यहाँका सबै मानिसहरु घरबाहिर बस्न बाध्य छन । भुकम्पबाट आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको थियो ।

नगरपालिकाले पहिलो चरणमा मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ ।

शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो ।

आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन् उनी । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो ।

उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएका छन् । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ ।

शेरबहादुरले भने ‘मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले । उनले दुखेसो पोखे ,’सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।’ त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ ।

नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताए । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।’

नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरे । “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो ।

भूकम्पको कम्पन नसकिँदै दलबहादुर ज्यान जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाए । परिवारका सबै सदस्य कताबाट बाहिरियो आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताए । ‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ’, उनले भने ।

अध्यक्ष गिरीले भने, ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।’ उनले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताए ।

‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, उनले भने, ‘घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो । भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताइन् ।

‘हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, उनले भने, ‘आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।’

उनी जस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् ।

बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् ।

मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन ।

यता रुकुम पश्चिममा भने भूकम्प परी जिल्ला बाहिरका तीन जनाको मृत्यु भएको छ । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एक जना रहेका छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन ।

उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

पुनमगर पुनः निर्माण कम्पनीको गाडी चालक थिए । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरकासहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५७ जनामध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये बालक २७ र बालिका २३ जना रहेको प्रहरी नायव उपरीक्षक रोकाले बताए ।

आठबिसकोट । जाजरकोटमा भूकम्पमा परी रुकुम पश्चिमको आठबिस्कोट नगरपालिकामा मात्रै ५ हजार १ सय १० घरमा क्षति पुगेको छ । आठबिसकोट नगरपालिकाको प्रारम्भिक तथ्यांक अनुसार भूकम्पका कारण आठबिसकोटमा मात्रै कम्तिमा पनि पाँच हजार घरमा क्षति पुर्याएको हो ।

जसमध्ये करिब ४ हजार घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरु चर्किएर बस्न नमिल्ने भएका छन्। साढे नौ हजार घरधुरी रहेको आठबिसकोटमा ८० प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन् । बाहिरबाट हेर्दा राम्रै देखिने तर प्राय कच्चि घरहरुका भित्री भागहरु भत्किने गरेको जनाईएको छ । आंशिक रुपमा क्षति भएका र सामान्य क्षति भएका घरहरु चर्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार २ हजार १३६ घरमा पुर्ण रुपमा क्षति भएको जनाईएको छ । जाजरकोटमा गएको भूकम्पमा परी सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका बनेको छ । सबै घरहरु चर्किएपछी अहिले यहाँका सबै मानिसहरु घरबाहिर बस्न बाध्य छन । भुकम्पबाट आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको थियो ।

नगरपालिकाले पहिलो चरणमा मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ ।

रुकुम पश्चिममा १६ हजार पाँच ७० घर पूर्णरुपमा क्षतिग्रस्त

भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए ।

नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका घरमा क्षति पुगेको छ । 

समितिका अनुसार आठबिसकोट नगरपालिकामा सात हजार एक सय ४८ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने सानीभेरी गाउँपालिकाका तीन हजार एक सय ४६ घर पूर्णरुपमा र सात सय २२ घरमा आंशिक क्षतिग्रस्त बनेका छन् । 

चौरजहारी नगरपालिकामा एक हजार नौ ८७ घर पूर्ण र चार हजार तीन सय ७४ घरमा आशिंकरुपमा क्षति पुगेको छ भने मुसीकोट नगरपालिकामा दुई हजार तीन सय घर पूर्णरुपमा र तीन हजार पाँच सय घरमा आशिंक क्षति पुगेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घर पूर्ण र एक हजार दुई सय ५८ घरमा आंशिक क्षति पुगेको छ भने बाँफिकोट गाउँपालिकामा १८ वटा घर पूर्ण र एक सय सात घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया