काठमाडौं । आज बिहीबार रातो मच्छिन्द्रनाथको रथले ललितपुरको लगनखेलस्थित माजु सिमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् ।
मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो । वर्षा र समृद्धिको कामनासहित सम्पन्न यो परम्परा रथ यात्राको एक महत्वपूर्ण धार्मिक पक्ष मानिन्छ ।
भोलि भने रथको माथिबाट नरिवल फाल्ने परम्परा हुनेछ । जनविश्वास अनुसार उक्त नरिवल जसले समाउँछ, उसले छोरा पाउने विश्वास रहिआएको छ । यसै अवसरमा ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया