आठबिसकोट । जाजरकोटमा भूकम्पमा परी रुकुम पश्चिमको आठबिस्कोट नगरपालिकामा मात्रै ५ हजार १ सय १० घरमा क्षति पुगेको छ । आठबिसकोट नगरपालिकाको प्रारम्भिक तथ्यांक अनुसार भूकम्पका कारण आठबिसकोटमा मात्रै कम्तिमा पनि पाँच हजार घरमा क्षति पुर्याएको हो ।
जसमध्ये करिब ४ हजार घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरु चर्किएर बस्न नमिल्ने भएका छन्। साढे नौ हजार घरधुरी रहेको आठबिसकोटमा ८० प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन् । बाहिरबाट हेर्दा राम्रै देखिने तर प्राय कच्चि घरहरुका भित्री भागहरु भत्किने गरेको जनाईएको छ । आंशिक रुपमा क्षति भएका र सामान्य क्षति भएका घरहरु चर्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ ।
यता जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार २ हजार १३६ घरमा पुर्ण रुपमा क्षति भएको जनाईएको छ । जाजरकोटमा गएको भूकम्पमा परी सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका बनेको छ । सबै घरहरु चर्किएपछी अहिले यहाँका सबै मानिसहरु घरबाहिर बस्न बाध्य छन । भुकम्पबाट आठबिसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको थियो ।
नगरपालिकाले पहिलो चरणमा मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ ।
प्रतिक्रिया