टी–२० विश्वकप छनोट फाइनल : ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत आज हुने फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर यो निर्णय गरेको हो ।

खेल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ‘ए’अन्तर्गत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।

आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा यूएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रतिक्रिया