भूकम्पमा परेर जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

रुकुम पश्चिम । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

उक्त भुकम्पमा परी ५५ जना घाइते भएको नेपाल प्रहरी जाजरकोटले जनाएको छ ।

त्यस्तै भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । यहाँ ८५ जना घाइते भएको जनाईएको छ । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते भएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया