निफ्राको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्टर बैंक लिमिटेड (निफ्रा) को नाफा ९.३० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस्तो नाफा ३७ करोड ८६ लाख रूपैयाँ थियो।

खुद ब्याज आम्दानी बढेपछि र रिजर्भमा राखिने रकम घटेपछि बैंकको नाफा बढेको हो । बैंकको ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेर ७० करोड १५ लाख रूपैयाँ पुगेको छ । बैंकले यसअघि २ करोड ९१ लाख रूपैयाँ रिजर्भमा राखेकोमा यस पटक ९९ लाख ४२ हजार मात्रै राखेको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रूपैयाँ छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५९ करोड रूपैयाँ सञ्चित छ । कम्पनीको प्रति सेयर आम्दानी ७.०१ रुपैयाँबाट बढेर ७.६६ रुपैयाँ पुगेको छ । यस्तै प्रति सेयर नेटवर्थ १०९.७८ रूपैयाँबाट बढेर ११२.०२ रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया