टी– २० विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । आइसिसी टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपाललाई मलेसियाले जितको लागि १६६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले निर्धारती २० ओभरमा ९ विकेट झार्दै मलेसियालाई १६५ रन मत्रै दिएको हो ।

मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको योगदान गरे । अर्का ओपनर जुबैदी जुल्किफले पनि २४ रन बनाए । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो । नेपाली टोलीका बलर अविनाश बोहराले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक(एक विकेट हात पारे ।

मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । जुबैदीले १६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले ५।५ ओभरमा ५८ रन बनाएको थियो ।

मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले चार बलको सामना गरी तीन रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो ।

करण केसीले बल विकेटकिपर आसिफ शेखलाई दिएका थिए । त्यसपछि आसिफले मलेसियाका कप्तानलाई रनआउट गराएका थिए । पालीको गतिलो सुरुआत गरेको मलेसियाले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो ।

मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । सिंह आउट हुँदा मलेसियाले १०।१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको थियो ।

मलेसियाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले मलेसियाका पाँचौँ नम्बरका ब्याट्सम्यान सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । रोहित आफैले उनको क्याच लिएका थिए । सरविनले १२ बलमा दुई चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका थिए । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका थिए । गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए ।

सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।

मलेसियाले छैठौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए । मलेसियाको सातौँ विकेट भने अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए ।

उनी आउट हुँदा मलेसियाले १७।२ ओभरमा एक सय ४१ रन बनाएको थियो । अविनाशले लिएको यो दोस्रो विकेट थियो । मलेसियाको आठौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका स्याजरुल इद्रुसलाई सात रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।

सोमबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया