मुगु । मुगुस्थित एक गाउंमा आमा सहित २ छोरा १ छोरीको हत्या भएको छ । छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवी बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा १ वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराए ।
शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्रीदेवी बोहोरा छोरा छोरीसहित ७ गते विहान दशैं टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते वेलुका घर फर्केका उनिहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ ।
९ गते विहानै देखि घर बाहिर ताला लगाएको देखि पछि छिमेकिहरुले विहानै सिमि टिप्न खेत गरा तिर गएका होलान सोचेका रहेछन १० गते विहान पनि घरमा ताला लगाएको देखेपछी गाउलेहरुले फेरि माइती गएकी भनी माइतिमा फोन गर्दा ८ गते नै गएको भनेपछी गाउलेहरुले शुक्रबार विहान १० बजे तिर ढोकाको ताला तोडि भित्र हेदा चारै जनाको हत्या भएको देखेका थिए ।
मृतकमा श्रीमान बैदेशिक रोजगारीमा कतारमा रहेका छन । कसले के उद्देश्यले हत्या गर्यो त्यो खुल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुशन्धान गरि हत्यारा पत्ता लगाइ कानुनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।
प्रहरीले गाउंभरिका प्रत्येक व्यक्ति परिवारबारे जानकारी लिइ अनुसन्धान गर्ने कार्य गरिरहेको र हत्यारा नजिक पुग्न प्रहरीले प्रहरी अनुसन्धान कुकुरसम्म झिकाउने योजना बनाएको छ ।
घटनास्थल जिल्ल सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पुर्वमा रहेको छ ।
मुगु
प्रतिक्रिया