पर्वतको कुस्मामा जीप दुर्घटना


कुस्मा । जिल्ला सदरमुकामु कुश्मा बजारमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५४३१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जीपमा सवार ११ जना मध्ये अन्यको अवस्था सकुशल रहेको ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिए। अचानक ब्रेक फेल भएपछि चालकले जीपलाई सडकको दाहिनापट्टी खाली ठाउँमा मोडेका थिए । ब्रेक फेल भएर नियन्त्रणमा नभएको जीप खाली ठाउमा चालकले मोडेका कारण थप क्षति नभएको प्रत्यक्षदर्शीहरुको भनाई छ । दुर्घटनामा परी बागलुङ जिल्लाको काठेखोला गापा वडा न ५ विउ बस्ने ८७ बर्षको प्रज्ञा बहादुर पुन, सोहि स्थानका १२ बर्षकी जमुना सापकोटा र १४ बर्षका लक्ष्मी सापकोटा, चितवन भरपुर महानगरपालिका ९ बस्ने १३ बर्षको लबसन गैरे र ४० बर्षकी राधिका गैर घाइेते भएका छन् ।

घाइतेहरुको पर्वत अस्पतालमा उपचार भईरहेको छ । जीपमा सवार अन्य यात्रुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया