रौतहट प्रहरीले गर्यो भन्सार छलीको सामान बरामद

रौतहट । रौतहट प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट शनिबार २ लाख १३ हजार ३ सय दश रूपैयाँ बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक दामोदर केसीले जानकारी दिए ।

लत्ताकपडा, खाद्यान्न, हाडवेयर र पितलको भाँडा–बर्तन लगायतका सामान मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि लोड रहेको सामान छाडी मोटरसाइकल लिई फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेवारिसे अवस्थामा रहेको लत्ताकपडा, खाद्यान्न, हाडवेयर र पितलको भाँडा–बर्तन लगायतका सामानहरु बरामद गरिएको प्रवक्ता केसीले बताए ।

उनका अनुसार शनिबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर २ स्थित भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइरहेको उक्त सामान बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारबाहीको लागि स्थानीय मानिसहरूको रोहबरमा गौर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता केसीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया