प्युठानको ‘अम्ब्रेला स्ट्रीट’ सेल्फी र टिकटकको केन्द्र



प्युठान । प्युठानमा ‘अम्ब्रेला स्ट्रीट’ निर्माण संगै सेल्फी र टिकटक प्रेमीका लागि उत्कृष्ट गन्तव्य हुन थालेको छ । प्युठानको मल्लरानी–४ खलंगामा ‘अम्ब्रेला स्ट्रीट’ आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

खलंगा पाटी चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म रंगिन छाता, गमला सहितको ‘अम्ब्रेला स्ट्रीट’ निर्माणले यतिबेला खलंगा चिटिक्क देखिएको छ

अन्तर खलंगा आवासीय समाज प्युठानको आयोजनामा मल्लरानी गाउँपालिका तथा ४ नं. वडा कार्यालयको समन्वयमा र खलंगा सरोकार समाजको सहकार्यमा ‘पर्यटकीय रोजाइमा रंगिन सदरमुकाम खलंगा प्युठान’ भन्ने नाराका साथ ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको अभियन्ता इमान सिंह भारतीले जानकारी दिए । दशै, तिहार र छठ पर्बको उपलक्ष्यमा सदरमुकामको पर्यटन प्रवर्द्धन गर्न यो अभियान शुरु गरिएको अभियन्ता भारतीले बताए ।

मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सुनसान बन्दै गएको सदरमुकामलाई पर्यटन मार्फत बिकास गर्न पालिकाले ध्यान दिएको बताउँछन् । उनले पर्यटकीय स्थल मल्लरानी, झाकृस्थान लगायत क्षेत्रसंग सदरमुकामलाई जोडेर बिकास गर्ने योजना रहेको पनि उनले सुनाए ।
‘अम्ब्रेला स्ट्रीट’ निर्माण भएपछि सेल्फी र टिकटक बनाउनेको घुइँचो हुन थालेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया