टेलिकमकाे चाडपर्व अफर : रु १९९ मा १३ जीबी डाटा

काठमाडाैं । नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ ।​

दशैंका लागि यो अफर असोज २८ गते आइतवारदेखि प्रारम्भ हुनेछ भने आगामी कात्तिक १० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । अफर अन्तर्गत रु. ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।​​ पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

S.NPackageResourceValidity (days)Tariff NRs. (Incl. of Tax)
11Mbps data unlimited +100 Min NT-NT Voice1Mbps data unlimited +100 Min NT-NT Voice149
26GB data6GB398
313GB Data13GB7199
420GB Data20GB10294
530GB Data30GB15399
6.Festive Combo Pack (Rental Included for Postpaid)30 GB Data600 Min All net Voice 200 All net SMS28 days for Prepaid and 30 days for Postpaid user789

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ ।

यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

S.NUpon Recharge Of RupeesBonus on DataRemarks
1200-4992GB (Per day 1 GB for 2days)Free Resource upon recharge shall be used first
2500 and Above8GB( Per day 2GB for 4 days)

सजिलो अनलिमिटेड ११९९ प्याकेज :

यसअघि रु. १४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु. ११९९ मा उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ । 

असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरूले लाभ लिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया