आइसिसी विश्वकप : भारत र पाकिस्तानबीचकाे खेल जारी

काठमाडौं । आईसिसी एकदिवसीय विश्वकपमा अहिले चिरपरिचित भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । अहमेदाबादमा भारतका कप्तान रोहित शर्माले टस जितेका छन् । उनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

टस हारेको पाकिस्तानले सुरुआती ब्याटिङ गर्नेछ । हालसम्म यी दुई टोलीबीच विश्वकपमा सात भेट भएको छ । जसमा सातै खेल भारतले जितेको छ ।

पाकिस्तानले पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । भारतले सुभमन गिललाई ओपनिङमा ल्याएको छ । गिल पाकिस्तानको खेलबाट विश्वकपमा डेब्यु गर्दैछन् । जारी विश्वकपमा दुबै टोलीले सुरुआती दुबै खेल जितेका छन् । त्यसैले पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

प्रतिक्रिया