एनआरएनएमा शर्माले घोषणा गरे आफ्नो प्यानल (बाचापत्रको पूर्णपाठ)

काठमाडौं । गैर आवसीय नेपाली संघको आगामी नेतृत्वका लागि राजेन्द्र प्रसाद शर्माले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै २२ लाख श्रमिकको कर्म थलोको रुपमा रहेको मध्यपूर्वले संघमा नेतृत्व गर्ने यो सुनौलो अवसर भएको बताए ।

एनआरएनएको विधानअनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन् । शर्माको टीमबाट उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल र युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार हुने भएका छन् ।
त्यस्तै, महिला संयोजकमा क्यानडाबाट देवकी खत्री गुरुङले उम्मेदवारी दिएकी छिन् । उपमहासचिवमा प्रविण गुरुङ, सचिवमा लोकराज दाहाल, सचिवमा मनोज श्रेष्ठ(गोर्खाली) र कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदावरी दिएका छन् ।

उम्मेदावरी घोषणा सभामा बोल्दै अध्यक्षको प्रत्यासी शर्माले एनआरएनएमा हाल रहेको विभाजनलाई एक बनाउने आफ्नो पहिलो एजेन्डा रहेको बताएका छन् । उनले भने, ‘ विश्वभरी छरिएर रहेका नेपालीहरु जो जहा भएपनि समस्या सबैका सझा छन् । विदेशमा रहेर कर्म गरेपनि सबै नेपालीहरुले नेपाललाई नै समृद्ध बनाउने सपना देखेका छौं । यो सपना पुरा गर्न हामी गैर आवसीय नेपालीहरु एक भएर मात्र सम्भव हुन्छ ।’

एनआरएनएको निर्वाचनमा शर्मासहित डा बद्री केसी, महेश श्रेष्ठ पनि चुनावी मैदानमा रहेका छन् । करिब ४० देशका एनआरएनएसँग अन्तरक्रिया गरेर काठमाडौँ फर्किएसँगै शर्माले टीम निर्माणदेखि आवश्यक तयारीलाई तीव्रता दिएका छन् ।

बाचापत्र

प्रतिक्रिया