नेपाल र लाओसबीचको खेल बराबरीमा

काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । तर ४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए ।

नेपाल र लाओसबीचको दोस्रो लेग १७ अक्टोबरमा लाओसमा हुनेछ । यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

प्रतिक्रिया