स्वास्थ्यमा अनिवार्य रहेका विषयलाई लिएर नृत्यमार्फत प्रदर्शन

काभ्रे । स्वास्थ्यमा अनिवार्य रहेको विषयहरू लाई स्वास्थ्यकर्मी सहितको सक्रियतामा नृत्यमार्फत पर्दशन गरिएको छ । पनौती नगरपालिका– ११ बल्थलीमा असोज २४ गते बृहत स्वास्थ्य प्रदर्शन भएको हो । विद्यार्थीहरुद्वारा स्वस्थ जीवनयापनका लागि स्वास्थ्यमा अनिवार्य रहेको विविध विषयलाई लिएर प्रदर्शन गरिएको थियो ।

११ नं. वडा कार्यालय, बल्थली स्वास्थ्य चौकी र वडा बालमैत्री समितिको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रम वडाअध्यक्ष विपेन्द्र लामाको सभाध्यक्षतामा, नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बल्थलीका ४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले १ हप्तादेखि स्वस्थ जीवनका लागि अति आवश्यक सरसफाई, खानपान, पोषण, पर्यावरणीय सफाई, मुटु तथा किडनी स्वस्थ राख्न मानिसले पहल गर्नुपर्ने विषयहरुमाथि प्रदर्शन तथा विस्तृत प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुले स्वास्थ्यका विविध विषयमा छलफल गरी प्रदर्शनीका लागि विविध हस्त सामग्रीहरु तयार गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि रामप्रसाद आचार्यले यस्ता कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुर्याउने विषयमा चर्चा गरे । नगरप्रमुख रामशरण भण्डारीले यो कार्यक्रम बालमैत्री नगरपालिकाको लागि अति आवश्यक रहेको र यस्ता कार्यक्रमले बालबालिकाको सिप तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । साथै नगरले बालबालिकाहरुको पक्षमा कार्यक्रम गरिरहेको जानकारी समेत उनले दिनुए ।

कार्यक्रमका सभाध्यक्ष विपेन्द्र लामाले बालबालिका भविष्यका कर्णधार भएकाले ११ नं. वडाले यस विषयलाई गम्भीर रुपमा लिएको र बालबालिकाको लागि वडाले बेलाबेला विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी गराए ।

साथै उनले यस्ता कार्यक्रमले वडामा नेतृत्व विकासमा समेत सकारात्मक प्रभाव पर्ने विषयमा प्रष्ट पारे । कमलादेवी जनप्रिय मा।वि।, लड्केश्वर आधारभूत विद्यालय, नेपाने, देविस्थान, कोलभञ्ज्याङ्गका गरी जम्मा ४ विद्यालयका गरी करिब ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया