नेपाल केम्पो खुकुरी मार्सल आर्टको अध्यक्षमा शाही

कालिकोट । नेपाल केम्पो खुकुरी मार्सल आर्टको अध्यक्षमा दिनेश बिक्रम शाही चयन भएका छन् । अध्यक्षमा शाहीलगायत १५ सदस्यीय केम्पो खुकुरी मार्सल आर्ट गठनसमेत गरिएको छ ।

जसमा उपाध्यक्ष तपेन्द्र शाही, महासचिव विशाल शाही, सचिव विनोद शाही, कोषाध्यक्ष विपना बम, सहसचिव विन्द विश्वकर्मासहित १५ सदस्यीय खुकुरी मार्सल आर्ट गठन गरिएको छ । अध्यक्षमा चयन भएका शाहीले विगतका वर्षमा नेपाल केम्पो खुकुरी मार्सल आर्टले देशब्यापीरुपमा खेलहरु सञ्चालन गर्दै आएको बताए ।

शाहीले आगामी दिनमा पनि केम्पो खुकुरी मार्सल आर्टले विभिन्न खेलकुदका कार्यक्रम गरी खेलकुद क्षेत्रको विकासका लागि टेवा पुर्याउने बताए । खुकुरी आर्टलाई विश्व सामु चिनाउँदै देश तथा विदेशमा केम्पो खुकुरी मार्सल आर्टमार्फत खेलाडीहरुलाई चिनाउने र देशको खेल क्षेत्र बलियो बनाउने उद्देश्य रहेको शाहीले बताए ।

केम्पो खुकुरी मार्सल आर्टले विदेशी मुलुकहरुमा देशको झण्डा फहराउने तथा गाउँ टोलमा पनि केम्पो खुकुरी मार्सल आर्टका संगठनहरु गठन गरेर खुकुरी मार्सल आर्टका खेलाडीहरु उत्पादन गर्ने शाहीले प्रतिबद्धता जनाए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया