अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीले पुल्चोक क्याम्पसका प्रध्यापकलाई भने – ‘लाज ढाक्नुस’ 

काठमाडाैं । ईन्जिनियरङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लाउने विभागीय प्रमुखहरुको कदमप्रति अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले आपत्ति जनाएका छन् । मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्याथी संगठनहरुलाई क्याम्पस चलाउ भनेकोमा मैनालीले  प्रतिवाद गरेका हुन् । 

मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छ्न् । उनले भने,  ‘ईन्जिनियरिङ अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालय ? बस व्यवसायीसंघ सञ्चालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सिमा बस्नेहरु ? लाज ढाक्नुस ।’ 

उनले  प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थालेकाे बताए । गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ? भन्दै उनले प्रश्न गरे ।

हरेक बर्ष झैं प्रवेश परिक्षाकाबेला बिभिन्न समस्या देखाउँदै समयमा परिक्षा लिन असफल ईन्जिनियरङ अध्ययन संस्थान प्रशासन यसपाली पनि महिनौंदेखी समस्यामा रूमल्लिएको छ ।

मैनालीले  विभागीय प्रमुखहरुको कदमलाई गैर जिम्मेवारीपनको हद भनेका छन् । उनले भने, ‘लामो समयदेखी शुल्क बृद्धिसँग सम्बन्धि विवादमा अल्झिएको आइओएमले यो बर्ष प्रवेश परिक्षा सँचालन गर्न  नसक्दा अभिभावक र विद्यार्थी चिन्तित छन् । शैक्षिक वातावरण नभएको भन्दै विद्यार्थीहरू विदेशिनेक्रम तिब्र भएको छ ।’

पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले निकालेकाे विज्ञप्ति

प्रतिक्रिया