नेपाल शैक्षिक परामर्श संघ र सन्वे कलेजबीच सम्झौता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सन्वे कलेजबीच सम्झौता भएको छ । नेपाल शैक्षिक परामर्श संघको (स्टडी इन नेपाल) अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभाग (सीएसआर) को संयोजनमा सफ्टेड ग्रुपअन्तर्गत सन्वे कलेजबीच ५० जना नेपाली विद्यार्थीहरुका लागि यही २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान सम्झौता गरिएको संघले जनाएको छ ।

कलेजले स्नातक स्तरको विद्यार्थिहरुलाइ बिअ‍ेस्सी. अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस कोर्सअन्तर्गत विभिन्न विधा पर्दछन् जस्तै Data Science, Artificial Intelligence, Machine Learning, Cybersecurity, Cloud Computing, Programming, Software Engineering, Innovation साथै 1 year dedicated Professional Placement पनि संलग्न गरिएको छ ।

उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पुर्ण र ४८ जनालाई आँशिक छात्रवृत्ति दिने भएको छ । आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि + 2 मा ३.६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि + 2 मा ३.५० जिपिए ल्याएको हुनु पर्नेछ ।

त्यस्तै ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा मा ३.०० जिपिए ल्याउनुपर्ने एवं IELTS मा कम्तिमा समग्रमा ६ (Each Band 5.5) स्कोर ल्याएको हुनुपर्ने छ । सो अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नाे आवेदन [email protected]  मा गई भर्न सक्नेछन भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि Nov 03, 2023 सम्म र मार्च सेसनका निमित्त फेब्रुअरि १८ सम्म तय गरिएको छ ।

यस विषयमा विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारी https://forms.gle/DQAbHguoXG38XcKM6 लिङ्कमा राखिएको छ । साथै ईक्यानको सचिवालयमार्फत पनि जानकारी प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया