जलवायु परिवर्तन रोक्न महिलाको भूमिका

हामीले इन्टरनेट प्रयोग गर्नका लागि ल्यापटप र मोबाइल चलाउने क्रममा पनि उर्जा सक्रिय पार्नका लागि केही मात्रा (ग्राम) मा कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ । स्मरण रहोस्, विश्वमा अहिले ५ अर्ब ३१ करोड मानिसहरू इन्टरनेटको पहुँचमा रहेका छन् । साथै दैनिक एक अर्ब घण्टा त मानिसहरूले यु ट्युब च्यानल मात्रै हेर्छन् । हुन पनि सन् २०१६ मा मात्रै १ करोड ११ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन गरेका थिए ।

निनाम लोवात्ती

तीव्र गतिमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण भविष्यमा हिमाली क्षेत्रका धेरैजसो हिमनदीहरू पग्लिएर अन्त्य हुँदैछन् । फलतः अफ्रिका, एसियालगायत अन्य महादेशका धेरै देशमा सुक्खा लाग्ने र मरुभूमिकरण हुँदैछ । कतिपय देशहरू जलमग्न हुँदैछन् । केही देशहरू हिमालको हिउँ पग्लेर आएको पानीको सतहका कारण समुन्द्री सतह बढेर नाम–निशानै रहने छैनन् ।

धेरैजसो सर्वसाधारण मानिसहरूले हिम नदीहरू पग्लिएर अन्त्य हुँदैछ भन्ने कुरो पत्याउँदैनन् । उनीहरूले पत्याउन् पनि कसरी ? किनकि उनीहरू विषयका विज्ञ वा ज्ञाता होइनन्, तर जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूले गहिरोसँग अध्ययन गरेर निकालेको निचोडअनुसार लामो समयदेखि विश्वभरि तीव्र गतिमा पैmलिएको जलवायु परिर्वतनको व्यापक असर तथा प्रभावका कारण विश्वभरि नै हिमनदी पग्लने क्रम जुन गतिमा बढ्दै गएको छ, त्यो साह्रै नै भयावह स्थितिमा पुग्दै छ । विश्वमा जलवायु परिवर्तन र वायु प्रदुषण हुने मुख्य कारण हो ‘ग्रिनहाउस ग्यास एमिसन’ बढ्नु । ‘युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (युनेप)’ र ‘नेसनल डेभेलप्मेन्ट काउन्सिल (एनडिसी)’ अनुसार ग्रिन हाउस ग्यास एमिसन बढ्नुमा हाम्रो देश नेपालको योगदान भनेको केवल शून्य दशमलब शून्य २७ प्रतिशत मात्रै छ ।

बिबिसीका अनुसार हामीले ग्रिन हाउस ग्यास एमिसन बढ्न दिनुु हुँदैन । त्यसका लागि हामी हवाइजहाज कम चढ्ने धानको चामल र धानजन्य उत्पादन कम प्रयोग गर्ने–खाने, दूध, दही, बटर, चिज, पनीर, माछा, मासु कम खाने, महिला शिक्षामा बढी लगानी गर्ने, ईमेल, इन्टरनेट, युट्युब, फिल्म, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरू कम चलाउने–कम हेर्ने गर्नुपर्ने हुन्छ । सन् २०२१ मा बिबिसीले संयुक्त राष्ट्र संघलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार विश्वमा आधाभन्दा बढी जनसंख्याले आप्mनो दैनिक खाद्यानमा चामल प्रयोग गर्ने गरेका छन् । एक त चामल उत्पादनका लागि धेरे जटिल प्रक्रिया अपनाउनु पर्छ (अन्य खाद्य बाली र अन्नको तुलनामा) भने सिञ्चित गर्नका लागि धेरै पानी चाहिने हुन्छ । हुन पनि धानको ब्याड राख्दादेखि पनि पानी चाहिन्छ । त्यस्तै धानको बिउ रोप्न तयार भएपछि रोप्नुअघि पनि खेतलमा पानी लगाएर, हिल्याएर धानको बिउ रोपिन्छ भने धान रोपेको लगभग डेढ–दुई महिनासम्म सिँचाइको आवश्यकता पर्छ । यसरी हिले जमीन र पानी जमेको जमीनमा रहेका सुक्ष्म जीवहरूले मिथेन ग्यास उत्पादन गर्ने अवस्था सिर्जना हुन्छ । के भनिन्छ भने कार्बनडाइअक्साइडभन्दा बढी मिथेन ग्यास खतरा हो । धान उत्पादनका लागि मान्छेले गर्ने क्रियाकलापले दुई प्रतिशत हरितगृह ग्यास उत्पादन हुने वैज्ञानिकहरूको अनुमान रहेको छ । त्यसैले खेत नहिल्याई पनि रोप्न सकिने धानको विकास गर्न वैज्ञानिकहरूले अध्ययन–अनुसन्धान थालेका छन् ।

त्यस्तै गरेर आजको आधुनिक भनिएको जमानामा नभई नहुने आवश्यकता भएको छ, ल्यापटप र मोबाइल । हामीले इन्टरनेट प्रयोग गर्नका लागि ल्यापटप र मोबाइल चलाउने क्रममा पनि ऊर्जा सक्रिय पार्नका लागि केही मात्रा (ग्राम) मा कार्बन डाईअक्साइड उत्सर्जन हुन्छ । स्मरण रहोस्, विश्वमा अहिले ५ अर्ब ३१ करोड मानिसहरू इन्टरनेटको पहुँचमा रहेका छन् । साथै दैनिक एक अर्ब घण्टा त मानिसहरूले यु ट्युब च्यानल मात्रै हेर्छन् । हुन पनि सन् २०१६ मा मात्रै १ करोड ११ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन गरेका थिए । बेलायतस्थित युनिभर्सिटी अफ ब्रिस्टलको अध्ययनमा उल्लेख गरिएको तथ्यांक हो । भनिन्छ, सो परिणाम भनेको स्कटल्यान्डको ग्लासो सहरले उत्पादन गर्ने हरितगृह ग्यास उत्सर्जन बराबरको परिणाम हो ।

अर्को तथ्य के पनि छ भने जब हामीले भैँसी आहाल बस्न, माछा पाल्न, बिजुली बत्ती निकाल्न, सिचाई गर्न एवं अन्य प्रयोजनका लागि ससाना पोखरी वा ठूलठूला जलाशयहरू निर्माण गर्छौं, तबदेखि कार्बनडाइअक्साइड उत्पादन सुरु हुन्छ । यस सम्बन्धमा क्यानडास्थित वासिंगटन स्टेट युनिभर्सिटी अफ भ्यानकुभरका वैज्ञानिकहरूको अध्ययन प्रतिवेनअनुसार विश्वभरिका ससानादेखि ठूलठूला जलाशयले मात्रै बर्सेनि १ दशमलव ३ प्रतिशत हरितगृह ग्यास उत्पादन गरिरहेको छ । जुन परिणाम भनेको सिंगो क्यानडा देशले उत्पादन गर्ने हरितगृह ग्यास बराबर हो । त्यस्तै गरेर हामीले खाने मासुमंस, चिज, पनीर, दूध तथा दूग्ध–पदार्थले पनि ठूलो पैमानामा हरितगृह ग्यास उत्पादन गर्ने गरेको हुन्छ । खास गरी हामीले मासुका लागि प्रयोग हुने पशु–पंक्षीहरू जस्तो कि सुगँर, कुखुरो, भेडा, बाख्रा गाई, गोरु, भैँसी, रागो, हाँस, खरायो आदिले हरितगृह ग्यास उत्पादनमा ठूलो योगदान रहेको हुन्छ । त्यस्तै एक किलो चिज उत्पादनमा १३ दशमलव ५ किलोग्राम कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ ।

उल्लेख गर्नैपर्ने महत्वपूर्ण कुरो भनेको कार्बनडाइअक्साइड उत्सर्जन कम गर्नमा बालिका र महिलाहरू विद्यालयमा पुगेर पढ्ने अवसर पाउँछन्, त्यसपछि जलवायु परिवर्तनका सम्बन्धमा नीति निर्माण गर्नका लागि पनि फरक पर्ने बताइन्छ । कसरी त ? भन्दा जब बालिका अथवा महिलाहरूले प्राथमिक तहभन्दा माथि कम्तिमा माध्यमिक तहसम्म अध्ययन गर्ने अवसर पाउँछन् उनीहरू (बालिका तथा महिला) आपूmले पाएको औपचारिक शिक्षा र चेतनाका कारण दुई वटा बच्चा जन्माउन सक्ने संभावना भएको महिलाले एक जना मात्रै जन्माउन सक्ने संभावना रहेको हुन्छ । जुनकाम भनेका पृथ्वीमा हरितगृह ग्यास उत्पादनमा सकारात्मक असर पर्नु हो । कसरी ? भन्दा जब जन्म दर कम हुन्छ, स्वतः कार्बनडाइअक्साइड पनि कम उत्सर्जन हुन्छ । त्यस्तै गरेर अर्को एक अध्ययनअनुसार जुन देशमा महिला सांसद बढी संख्यामा रहेका छन्, ती देशमा वातावरण सम्बन्धी कानुन बनाउन, वातावरण विनास रोक्ने सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरू पारित गर्न, संरक्षित क्षेत्रहरू बनाउन र जलवायु परिवर्तनसम्बन्धी नीति बन्ने, बनाउने संभावना बढी रहेको हुन्छ ।

प्रतिक्रिया