काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य दिएको छ ।
चीनमा जारी आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।
पहिलो खेलमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे । यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५–३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए ।
अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक– एक विकेट लिए । माल्दिभ्सले अहिले ब्याटिङ गरिरहेकाे छ ।
प्रतिक्रिया