डिशहोमको मेगास्टार अभियानको विजेतामा राई

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । कम्पनीले गरेको लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन् । डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैं जीवनशैली अनुभव गर्न सक्नेछन् ।

अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । अभियानमा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया