काठमाडौं । साफ यू– १९ च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ४–३ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए ।
तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका हुन् ।
अहिलेको खेल जित्ने टिम भारलले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो । फइनल खेल बनिबारलाई तोकिएको छ ।
प्रतिक्रिया