काठमाडौं । बायाँ हाते युवा ब्याटर कुशल मल्लको कीर्तिमानी प्रर्दशनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङझाओमा जारी १९ औं एसियाली खेलकुदमा मंगोलियासामु ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो ।
चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो । तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल १ सय ३७ रनमा नटआउट रहे। कुशलले ८ चौका र १२ छक्का प्रहार गरे ।
दिपेन्द्रसिंह ऐरि ५२ रनमा नटआउट रहे । दिपेन्द्रले १० बलमा ८ चौका प्रहार गरे। कप्तान रोहित ६१ बलमा क्याच आउट भए। २७ बलको सामना गरेका कप्तान रोहितले २ चौका र ६ छक्का प्रहार गरे ।
नेपालका ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए । पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलीरहेका मंगोलियाका लागि जमयानसुरेन दाभासुरेन सबैभन्दा महंगा हुन पुगे । उनले आफ्नो स्पेलमा १ विकेट लिदा सर्वाधिक ६० रन दिए ।
कुशल मल्लको विश्व कीर्तिमान
नेपालविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाका लागि नेपालका मल्लले कीर्तिमानी प्रर्दशन गरे । ३४ बलमा शतक पूरा गरेका मल्लले दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।
यसअघि यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो । भारतीय टोलीका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए ।
यसअघि कुशलले नै १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका छन् । यो सँगै उनले सन् २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन् ।
प्रतिक्रिया