चितवन र बुटवलमा सेगवेको शोरुम

काठमाडौं । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुमको सुरुवात गरेको छ । यी शोरुम कम्पनीका विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि हाकिम चोक, भरतपुरसँगको सहकार्यमा सञ्चालनमा ल्याएको बताइएको छ ।

नयाँ शोरुम बिस्तार गरेसँगै आफ्नो ग्राहकलाई विशेष उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । बुटवल र चितवनका शोरुममा लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलसहित सेगवेका उत्पादनका सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ ।
सेगवेले शोरुम उद्घाटनको उपलक्ष्यमा चितवन र बुटवल क्षेत्रका ग्राहकलाई विशेष अफर ल्याएको पनि जनाएको छ । अफरअन्र्तगत यी शोरुममा सेगवे ई–स्कूटरको विशेष मूल्य तोकिएको कम्पनीको भनाइ छ । यी शोरुमबाट ग्राहकले सेगवेका नवीन उत्पादनको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया