कमारो भएर बस्न नसकिने भयो कमरेड

हिजो आफैँले पढाएको भुस्कुल विद्यार्थी नेता भएपछि मसित नमस्ते मागिरहन्छ । नमस्ते गरेन भने चार महिना रिसाउँछ । बदलाको भावना राख्छ । कुनै पनि मोर्चा संगठनको कार्यक्रममा भरसक बोलाउँदैन बोलाए पनि पदीय हैसियतअनुसार मञ्चमा चढ्न दिँदैन बोल्ने कुरा त परै जाओस् । यस्तै दरिद्र चिन्तन राख्ने भण्डारी थरि अध्यक्षले सुनसरी बुद्धिजीवी परिषद्को जिल्ला सम्मेलन उद्घाटन सत्रमा बोल्नसम्म दिन नखोजेका प्रा.पीतकुमार श्रेष्ठले पछि बताएका थिए ।

प्राडा बद्रीविशाल पोखरेल

तत्कालीन पिण्डेश्वर महाविद्यालय, धरानमा दाजु अशोक पोखरेल शास्त्रीतहको अध्ययन गर्नुहुन्थ्यो । उहाँकै परोक्ष राजनीतिक प्रभावका कारण तत्कालीन चन्द्र संस्कृत महाविद्यालय,धरानमा ८ कक्षामा पढ्दापढ्दै विद्यार्थी फेडरेसनतिर आकर्षित भइयो । २०३३ सालदेखि कम्युनिस्ट समर्थक भइयो । गरिब र दुःखी जनताको भलो गर्ने पार्टी कम्युनिस्ट पार्टी भन्ने प्रभावमा परियो । गरिबहरूका जीवनमा खुसी आउने भनेर लाग्दै गर्दा माक्र्सवादको कखरा पढियो । साँच्चै माक्र्सवाद र अझ जबज पढेपछि राम्ररी बुझेपछि यसको कट्टर समर्थक भइयो । देश नै उज्यालो हुने सपना सजाएर दीलोज्यानले लागियो ।

तर बिस्तारै बिस्तारै कतिपय नेताको बेहोरा देखेर बेला बेला क्षणिक निराशा उत्पन्न भयो । तथापि माओको चरम ज्यादतीबाट शारीरिक र मानसिक क्षतविक्षत मनस्थितिमा पनि धैर्यपूर्वक जीवित रहेका तेङ सियायो पेङको जीवनीबाट प्रभावित भइयो, निराश नै भइएन तर यही असोज १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेश अधिवेशनको प्रतिनिधिमा परिएन । सर्वसम्मत गराउन पार्टीलाई जिम्मा दिइयो । नगर इन्चार्ज भगवती चौधरी र जिल्ला अध्यक्ष रेवती भण्डारी प्रमुख रहेको छनौट समितिले मलाई प्रतिनिधि हुनसमेत अयोग्य देखेछ । यसरी हेर्दा आलोचनात्मक चेतका तथा अत्यन्त इमानदार नेता र कार्यकर्ता कतिसम्म प्रताडित हुँदा रहेछन् भन्ने यो एउटा पछिल्लो ज्वलन्त उदाहरण हो ।

२०३७ सालदेखि तत्कालीन चौममा भूमिगत रूपमा संगठित भइयो । २०४७ सालमा माले हुँदै एमालेको सुनसरी जिल्ला सदस्य भएर एक कार्यकाल प्राप्त गहन जिम्मेवारी समयमै सफलतापूर्वक निर्वाह गरियो । पार्टी विभाजनका बेला केन्द्रीय सदस्य भएर काम गरियो । कोशी प्रदेशको संस्कृति विभागको प्रमुख भएर पनि काम गरियो । सोचे अनुसार काम भने गर्नै पाइएन । तर अहिले ७० वर्षको उमेरमा भारी अपमानित गरियो ।

कम्युनिस्ट हुनु भनेको असल मानिस हुनु हो भन्ने पढियो । पहिले आफूले आफैँलाई बदल्नुपर्छ भनेर पढियो र त्यसै गर्न खोजियो गरियो । आफू भित्रका सबै खालका विकृति र विचलन हटाउँदै लगियो । जात, भात, नाक, नश्ल, थर, गोत्रभन्दा माथि राख्ने प्रयत्न गरियो । सबै खालको विभेद असमानता र अपमानका विरुद्ध लागियो । राष्ट्रिय जनसांस्कृतिक संघ र महासंघ का जिल्ला तहदेखि केन्द्रीय तहसम्म काम गरियो । नेपाल बुद्धिजीवी परिषद् जिल्लादेखि केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल प्रमुख भएर महत्वपूर्ण काम गरियो । अलिकति पनि खाली समय खेर फाल्न मन हुँदैन । जागरण र जागृतिका अभियानमा निरन्तर लागिरहन मन लाग्छ । पहिले पहिले कुनै कुनै राजनीतिक वा राजकीय नियुक्तिमा जाने मन पनि गरियो । पूर्वाञ्चल विश्व विद्यालयको सेवा आयोगको अध्यक्ष बन्ने प्रस्ताव आए पनि गइएन । निरन्तर विविध सार, स्वरूप र बान्कीका लेखन कर्ममा लागिरहियो ।

जबजको सांस्कृतिक आदर्श नामको गहन कृति तयारीमा रहेको छु । यसको शीर्षक पूर्वराष्ट्रपति विद्या भण्डारीले राखिदिनुभएको हो । कम्तीमा अखबारी लेखन, कविता र निबन्ध र समीक्षालगायत गरी १० पुस्तक प्रकाशनको तयारीमा छन् । छपाउने स्रोत जुटाउने काममा पनि लागेको छु । जबजले आलोचनात्मक चेत र प्राज्ञिक स्वतन्त्रतालाई मर्यादित तहसम्म स्वीकार गरेको छ । जननेता मदन भण्डारी र जबजले मन जितेर राजनीतिक र राजकीयलगायत सबै क्षेत्रमा नेतृत्व लिनुपर्छ भन्छ । मदन आफूलाई नै गरेका सही र स्वस्थ्य आलोचना स्वीकार्नु हुन्थ्यो । जबजले जस्तासुकै अररा र अठार बक्रे नेता र कार्यकर्तालाई सम्झाउने बुझाउने र तह लगाउने सामथ्र्य राख्नुपर्छ भन्छ । म आफैँलाई पनि जोसुकै र जस्तासुकै व्यक्तिलाई राम्ररी सम्झाउने र बुझाउने सामथ्र्य राख्छु जस्तो लाग्छ ।

कहिलेकाहीँ म हाफूलाई नै पार्टी अध्यक्ष हो कि भनेझैँ चिन्ता चासो गरेझैँ लाग्छ । धन्न मदन भण्डारी जस्ता खरा नेता उतिबेला कसरी महासचिव बन्नुभयो अचम्म लाग्छ । अहिले त कसैको अलिकति पनि आलोचना गर्नु हुन्न । सातपुस्ता खेद्न उद्यत हँदा रहेछन् । ज्ञान, गुदी र विशेषता भए जसलाई पनि नमस्ते गर्न मन लाग्छ । हिजो आफैँले पढाएको भुस्कुल विद्यार्थी नेता भएपछि मसित नमस्ते मागिरहन्छ । नमस्ते गरेन भने चार महिना रिसाउँछ । बदलाको भावना राख्छ । कुनै पनि मोर्चा संगठनको कार्यक्रममा भरसक बोलाउँदैन बोलाए पनि पदीय हैसियत अनुसार मञ्चमा चढ्न दिँदैन बोल्ने कुरा त परै जाओस् । यस्तै दरिद्र चिन्तन राख्ने भण्डारी थरि अध्यक्षले सुनसरी बुद्धिजीवी परिषद्को जिल्ला सम्मेलन उद्घाटन सत्रमा बोल्न सम्म दिन नखोजेका प्रा.पीतकुमार श्रेष्ठले पछि बताएका थिए । इटहरी नगर पालिकालाई जनहितमा प्रगोग गर्न मरे पनि नदिने भण्डारी र गौतम हुन् । निर्वतमान नगरप्रमुख चौधरीलाई घेराबन्दीमा पारेर बीचको अवधिमै राजिनामा गरेर जाउन् भन्ने ध्येय यिनको थियो । धन्न उनी एमालेमै फर्किए तर चौधरीले पनि तथानाम बोल्ने बानी सपार्नैपर्छ ।

यो लेखकले मात्रै होइन कमरेड मिथिला पोखरेलले पनि केही काला मन र अनुहारका नेताले खेदो पाइलो गरेका छन्, मेरो नामसित जोडेर सकेसम्म छेउकिनारा लगाइरहेका छन् । मेरी कान्छी बहिनी मन्जू सुवेदी तत्कालीन सिगिया, जो क्यान्सर रोगबाट दिवंगत भइन् । उनी गौतमबाट अति प्रताडित भइन्, नेतृ इन्दु गौतम थरवाद गोत्रवाद अहिले परित्याग गरेको भए लक्ष्मी गौतमका पहिलेदेखि, अहिले र आजका दिनसम्मका सबै गतिविधि भन्लिन् । कोशी प्रदेश प्रतिनिधि छनौट गर्ने विषयमा दुई रातभर तिनले षड्यन्त्र गरेको एक कार्यकर्ताले बताएका थिए । अहिले छनौट हेर्दा हो कि जस्तो देखिन्छ । मेरो त परिवार नै एकाध नेताको आँखी भएको छ । बटुका भरि तेल लिएर हिड्न जानिएन र सकिएन । छोेरा इन्जिनियर प्रशान्त पोखरेल अहिले इटहरी नगर पार्टी सदस्य छन् । उनी आफ्नै इच्छा र विवेकमा पार्टीमा लागेका ह्ुन् ।

मदनले भनेभैmँ को कुन पार्टीमा लाग्छ, लाग्न मन लाग्छ स्वविवेकको कुरा हो, मैले यसरी घरका नानी बाबुलाई भन्ने गरेको हो । तर कुन पार्टी कस्तो हो भन्ने बारे नालिबेली लगाइदिने गरेको छु र हामी दुवैजनाचाहिँ एमालेमा छौँ भनिएको हो । तर जुन सोच र सिद्धान्तअनुसार लागियो धेरैजसो नेताको बेहोरा माक्र्सवाद र जबजको ठीक विपरीत दखियो । माकुने प्रवृत्ति झाँगिन थालेपछि मदनको लय शिथिल र सुस्त हुन थाल्यो । यसमा अहिले अवरोध सिर्जना भएको छ तर विक्रितिग्रस्त नेताहरूका कुनै सुधार आएको पाइन्न । माथिबाट राम्रो बानी बग्दा तलतल पनि सङ्लो पानी आउनुपर्ने हो । अब अति भयो कति अपमान सहनु हो । ओली कमरेडलाई पनि मैलै भनेकै हो म कसैको चाकरी चाहिँ गर्दिनँ भनेकै हो । चाकरी गर्ने हो भने राणा राजा आदि अनेक थिए ।

कम्युनिस्ट पार्टी र त्यसमा पनि मदन भण्डारी र जबज सिद्धान्तको पार्टीमा किमार्थ कसैको चाकरी गरिन्न । अब अति भो पहिले पनि आफूलाई यो पार्टीको गोठालो खेतालो मात्रै हुँ कि भन्ने लाग्थ्यो । अब प्रदेश प्रतिनिधिमा आफू नछानिएर यो अपमान सार्वजनिक भए पनि लाज नै लजायो । अबचाहिँ पार्टीमा कमारो भएर बस्न नसकिने भयो कमरेड ! जब स्वाभिमान र स्वतन्त्र अस्तित्वमा नै धावा बोलिन्छ भने स्वत्व बचाउन छेउ लाग्नुपर्ने हो कि जस्तो लागेको छ । संगठित रूपमा काम गर्ने मन मरेको छैन । अब आजित भइयो ।

प्रतिक्रिया