बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।
प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगेर त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन् । उनको साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।
प्रतिक्रिया