काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।
यो योजनाअन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी.को एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने पनि उल्लेख छ ।
साथै सिंगल डोर रेफ्रिजिरेटरमा चोप्पर, डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेट्रिक प्रेसर कूकर उपहार रहेको छ भने भने कूकिङ रेन्जको खरिदमा पे्रसर कूकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेसन रहेको छ । त्यसै गरि शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया