बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।
प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छियाङले बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको उल्लेख गरे ।प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए । रासस
प्रतिक्रिया