काठमाडौं । एनसेल आजियाटाले १८औं वार्षिकोत्सवको अवसरमा वृक्षरोपण गरेको छ । एनसेलले काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पु¥याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा वडा नं. १ मा रहेको बागमति करिडोर सडकको दुवैतर्फ वृक्षरोपण गरेको हो ।
यो पहलले समग्र समुदायका लागि स्वास्थ्य वातावरण निर्माणमा योगदान पु¥याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्य पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्य हासिल गर्न योगदान तथा मद्दत पु¥याउने कम्पनीको भनाइ छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षरोपण गरेका हुन् ।
कम्पनीको ब्राण्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’मा ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन् । एनसेलले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आएको छ ।
प्रतिक्रिया