काठमाडौं । ललितपुरस्थित कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त संस्थाको बुधबार २३औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रगति प्रतिवेदन तथा २०८०–०८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिको आर्थिक वर्ष ०७९–०८० मा शेयर पूँजीतर्फ रु १७ करोड ३० लाख ३५ हजार ९ सय कायम हुन गएको छ ।
यस संस्थाले बचत (निक्षेप) तर्फ रु १ अर्ब ८२ करोड ४ लाख २९ हजार ६ सय ७३ रुपैँया ९७ पैसा संकलन गरेको छ भने संस्थाको वार्षिक कुल कारोबार २ अर्ब ८५ करोड ४८ लाख ७ हजार ५ सय ८८ रुपैयाँ ३३ रहेको छ । संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २८ करोड ९६ लाख ७ हजार ९ सय ४० रुपैयाँ ३९ पैसा कायम रहेको छ ।
संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका अध्यक्ष बज्राचार्यले जानकारी दिए । संस्थाले गत आव ०७९–०८० मा आयकर र कोनस अघिको नाफा रु ५ करोड ६१ लाख ३१ हजार ८ सय ४० रुपैँया ९७ पैसा आर्जन गरेको छ ।
यस संस्थाले आव ०७९–०८० मा जम्मा रु २ करोड १६ लाख ८० हजार ५ सय ६२ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको देखिन्छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलापअन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिपमुलक तालिम दिने, अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमार्फत डिजिटल कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले आफ्नै संस्थागत भवनबाट शुल्क रहित एटिएमको सुविधा दिइरहेको साथै स्मार्ट बैंकिङ, क्यूआर सुविधालगायतका विभिन्न किसिमका सदस्य केन्द्रित सुविधाहरु उपलब्ध गराउँदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले जानकारी गराए ।
संस्थाले आव ०७९–०८० सम्ममा सदस्यता कायम रहेका आफ्नो सदस्यलाई शेयर लाभांश कोषमा जम्मा रहेको रकमबाट १८५ शेयर लाभान्स प्रदान गरेको छ । हाल वित्तिय क्षेत्रमा देखिएको आर्थिक संक्रमणकालिन अवस्थामा समेत संस्थाले आफ्ना सदस्यहरुलाई उत्कृष्ट सेवा दिदै सदस्यहरुको जीवनस्तर उकास्नको लागि वित्तिय सेवालगायत विविध सेवाहरु उपलब्ध गराउँदै आएको जानकारीसहित संस्थाको कुल कारोवार र यसले गरेका आर्थिक गतिविधिको बारेमा कार्यकारी अधिकृतले आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराए ।
आव २०७९–०८० मा संस्थाको कुल कारोवार दुई अर्ब २५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी गराए । अहिलेको युगमा संस्थाको गति दिने एक मात्र माध्यम् प्रविधि हो र यसले संस्थालाई मेरुदण्डको रुपमा सहयोग पुर्याइरहेको संस्थाका कार्यकारी अधिकृत खतिवडाले बताउए ।
प्रतिक्रिया