निर्धारित तौलभन्दा बढि क्षमताका सिलिण्डर बेच्न आयल निगमकाे निर्देशन

काठमाडौं । नेपाल आयल निगमले १४.२ किलो क्षमताभन्दा बढी क्षमताका सिलिण्डरमा एल.पि.ग्यास भरिएकाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

केहि ग्यास उद्योगहरुले १४.२ किलो क्षमताका भन्दा वढी जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमा समेत एल. पि. ग्यास भरी विक्री वितरण गरेको पाइएको छ ।

यस विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित भएको प्रति निगमद्धारा जारी सूचना मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

निगमसँग आवद्ध केहि ग्यास उद्योगहरुले वढि क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गर्न अनुमती माग गरेकोमा निगमले एल. पि. ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमती दिन नसकिने जानकारी गराइसकेको समेत बताएको छ ।

त्यसैले १४.२ किलो भन्दा बढि जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमा ग्यास भरी विक्री वितरण गरिरहेको भए त्यस्ता सिलिण्डरमा ग्यास भरी विक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न समेत निगमले सूचना मार्फत आग्रह गरेको छ ।

निर्धारित तौलभन्दा बढि क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एल. पि. ग्यास विनियमावली, २०६५ (संशोधन सहित) बमोजिम कारवाही हुने नेपाल आयल निगमले जनाएको छ ।

विज्ञप्तीः

प्रतिक्रिया