कालिका माध्यामिक विद्यालय पिलीको ४४औँ वार्षिकोत्सव मनाइयो

कालिकोट । कालिका माध्यामिक विद्यालय खाडाँचक्र नगरपालिका– ७ पिलिले ४४औँ वनर्षिकोत्सव मनाएको छ । वि.स २०३७ सालमा स्थापना भएको उक्त विद्यालयले ४४ वर्षयता वार्षिकोत्सव मनाउदै आएको छ ।

सो पिलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमितकुमार मल्लको सभापतित्व, कर्णाली प्रदेशसभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्य, नेपाली कांग्रेसका युवा नेता दमनरान शाही र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको विशेष आतिथ्यमा वार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो । कार्यक्रममा अतिथिहरुले विद्यालयले अहिलेसम्म उत्कृष्ट शिक्षा दिँदै आएको र आगामी दिनहरुमा अझै प्रगतिको शुभकामना दिँदै ४४औँ वार्षिकत्सवबाट व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकलगायत विद्यालय परिवारमा जोडिएका सम्पूर्ण नागरिकहरुले विद्यालयको हितको लागि लाग्नुपर्ने बताए ।

विद्यालयलाई अगाडि बढाउन र नमुना बनाउनमा सरोकोरवालालगायत स्थानीयवासी सक्रिय हुनुपर्नेमा पनि अतिथिहरुले जोड दिएका थिए । वार्षिककोत्सवको अवसरमा जग्गादाता, शिक्षकलगायत अथितिहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमितकुमार मल्लले यस विद्यालयलाई उच्च स्थानमा पुर्याउनका लागि दिनरात नभनी लागिपर्ने बताए । मल्लले कालिका माध्यामिक विद्यालयलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवादसमेत दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया