काठमाडाैं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ वालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेण्ट-२०८० हुने भएको छ ।
संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेण्ट असोज ३ देखि ६ गते सम्म संचालन हुनेछ । काठमाडाैंको धनयन्तरी फुटसल हव, हाडीगाँउमा आयोजना हुने टुर्नामेण्टमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी रहेका छन् ।
‘सबल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेण्टको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ भने सह प्रायोजन क्रमशः माछापुच्छे बैंक, लक्ष्मी सनराईज बैंक, ग्लोवल आईएमई बैंक, एनआईसी एसीया बैंक, नविल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र आईसिएफसी फाईनान्सले गरेका छन् ।
उक्त टुर्नामेण्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ । टुर्नामेण्टको क्वार्टर फाईनल देखिका खेलहरु गोल नेपाल डट कम बाट प्रत्यक्ष प्रसारण गरिने राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष प्रकाश पोखेलले जानकारी दिए ।
प्रतिक्रिया