बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा माग

काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको पाँचौ संस्करणका लागि कथा माग गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि कथा आह्वान गरेको हो ।

कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशिको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सर्वाेत्कृष्ट तीन कथालाई विगतमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार प्राप्त गर्नेछन् । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा पुस्तकको रुपमा पनि प्रकाशन हुने जनाइएको छ । कथा प्रतियोगिताको नतिजा ०८० पुस ६ गते सार्वजनिक हुनेछ ।

यो बर्षको कथा लेखन प्रतियोगिता–२०८० को तीन सदस्यीय निर्णायक समूहको संयोजकमा प्रा. डा. सावित्री कक्षपति छन् सदस्यमा कथाकार महेशविक्रम शाह र सुविन भट्टराई रहेका छन् ।

प्रतिक्रिया