रौतहट । जिल्लामा धारिलो हतियार प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । घरेलू धारिलो हतियार प्रहार बाट सख्त रुपमा घाइते भएका ती यूवकको उपचारको क्रममा पिएचसी कटहरियामा ज्यान गएको हो ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ मा शुक्रबार बेलुकी ७.३० बजेको समयमा सो घटना घटेको हो ।
स्थानिय मदन रायको छोरा अन्दाजी ३८ वर्षिय सुनिल राय यादवमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानिय रामबाबु साह सोनारको छोरा बद्री साह सोनारले सानो घरेलु हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता दामोदर केसी जानकारी दिए । उनका अनुसार यादव र सोनार बिच घरायसी झगडा थियो । त्यही रिसवीका कारण यादव माथि सानो घरेलु हतियार प्रहार गरी हत्या गरिएको प्रहरी प्रवक्ता केसीले बताए ।
मृतक यादवको शवलाई पोस्मार्टमको लागि प्रादेशीक अस्पताल गौरमा पठाईएको हो । घटना सम्बन्धमा पाँच जनालाइ प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भइरहेको डिएसपी केसी बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया