साल्ट ट्रेडिङले मनायाे ६१औं वार्षिकोत्सव

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले बुधवार स्थापनाको ६१औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसमा विशेष समारोह आयोजना गरेको कर्पोरेसनले कारोबार र सेवा क्षेत्र बिस्तार गर्ने जानकारी गराएको हो ।

कर्पोरेसनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । कर्पोरेसनले उद्देश्य अनुसार जनतालाई शुपथ र सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् । उनले कर्पोरेसन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको समेत जानकारी दिइन् ।

प्रतिक्रिया