प्राधिकरणको लगानी र एसियालीविकास बैंकको सहुलीयतपूणऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना÷ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
काठमाडौं । मुलुकमा विद्युतीय सवारी साधन(इभी)को बढ्दो प्रयोगसंगै चार्जिंङ स्टेसनको संख्या पनि ह्वात्तै बढेको छ । ठूला हुन् वा साना सवारी साधनका लागि धैरैजसो ठाउँमा चार्जिङ स्टेसन उपलब्ध हुन थालेका छन् । दुई पाङग्रेका लागि त घरमै चार्ज गर्न सकिन्छ भने चार पाङग्रेका लागि देशभरे तीनसय वटा भन्दा बढी चार्जङ स्टेसनको सुविधा उपलब्ध छ । हालै मात्र नेपाल विद्युत प्रधिकरणले एकैपटक ५१ स्थानमा चार्जिङ स्टेशनको उद्घाटन गरेको छ । निजी क्षेत्रबाट निर्माण भएका यस्ता स्टेशन पनि उत्तिकै छन् ।
नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको हालै उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीशक्तिबहादुर बस्नेत र सचिवदिनेशकुमार घिमिरेले संयुक्त रुपमाकाठमाडौंको नेपालपुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्टचार्जिङ स्टेसनका उद्घाटन गरेका थिए ।
प्राधिकरणको लगानी र एसियालीविकास बैंकको सहुलीयतपूणऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना÷ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
उद्घाटनकार्यक्रममा मन्त्रीबस्नेतले ५१ वटाचार्जिङ स्टेसन सञ्चालनमा आउनुविद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताएका थिए । विद्युतीय सवारी साधानको प्रवर्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीयगाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न कार्य भइरहेको पनि बताएका थिए ।
आन्तरिक रुपमा विद्युतखपत बढाउने महत्वपूर्ण क्षेत्र यातायातभएको उल्लेख गर्दै ऊर्जा सचिवघिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको थिए ।
विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्ने साधनभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताएका थिए । उनले प्राधिकरणले देशभर थप ५सय वटाचार्जिङ स्टेसन स्थापना गर्न लागेको उल्लेख गरेका थिए ।
चार्ज गर्दा कारहरुमा औसत सत्तरी पैसा, एसयूभिहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरुमा एक रुपैयाँबीस पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्रीक्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
आन्तरिक रुपमाविद्युतको खपतबढाउन, पेट्रोलियमपदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधनप्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेसनको स्थापना महत्वपूर्ण छ ।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाटक्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडानगरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाटठूला बससहित तीनवटा सवारी साधनले एक साथचार्ज गर्न सकिने छ ।
चार्जिङ स्टेसन निर्माणआपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन ९ध्बलदबलन म्ष्नष्तब िभ्लभचनथ ऋय।ीतम।,ऋजष्लब०सँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको छ ।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सय भन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । हाल स्थापना भएका ५१वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।
निजी क्षेत्रबाट ठूला र सान सवारी साधन चार्ज गर्न मिल्ने देशभर तीनसय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् । त्यसमा यसका अतिरिक्त नेपाल विद्युत प्राधिकरणले मात्रै देशभरका निम्न ३३ स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ ।
देशभर तीनसय भन्दा बढी चार्जिङ स्टेसन
प्रतिक्रिया