६१ किलो सुन प्रकरणमा : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडाैं । ६१ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई शुक्रबार पक्राउ गरेको हो । यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ।

यही प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने बिरामी परेका कारण हाजिरी जमानीमा छाडिएको छ । अन्य ३० जना सीआईबीको हिरासतमै छन् ।

प्रतिक्रिया