काठमाडाैं । महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन् । काठमाडौंमा आयोजित महासंघको २० औं साधारणसभाबाट ज्ञवाली अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । महिला उद्यमी महासंघमा अध्यक्ष निर्वाचित भएकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचित कार्यकारिणी सदस्यसमेत हुन् । एफविनका अनुसार अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष ज्ञवाली नेपाल रिपब्लिक मिडियाका सञ्चालक समेत हुन् ।
ज्ञवालीको अध्यक्षतामा नवगठित कार्यसमितिमा निरु रायमाझी खत्री (निवर्तमान अध्यक्ष), प्रथम उपाध्यक्षमा दर्शना श्रेष्ठ द्धितीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ तृतीय उपाध्यक्षमा वासन्ती प्रधान र चतुर्थ उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, महासंघको महाससचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भएको जनाइएको छ ।
कार्यकारिणी सदस्यहरुमा हिमा विष्ट, निता रेग्मी, शोभा श्रेष्ठ, दिकिला शेर्पा लामा, दिपा थपलिया, सरिता तुलाधर, प्रतिभा पाण्डे चयन भएको बताइएको छ । महासंघको सदस्यमा चयन भएका अन्य सदस्यहरुमा शोनी जोशी, कृति श्रेष्ठ, सविता पौडेल, राजकुमारी शर्मा, पार्वती पौडेल, मिना फुलारा र शिला नेपाली रहेका छन् । महासंघले निशा केसी र मल्लिका श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको छ ।
प्रतिक्रिया