काठमाडौं । मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् ।
प्रतिक्रिया